गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

असोज १०-बैतड, बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ। हिजो राति जिल्लाको पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो।

शव बीच सडकमै रहेको छ। राजमार्ग अवरुद्ध हुँदा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु रोकिएका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्