अपराध

गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी पक्राउ

गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी पक्राउ

चितवन, गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी गोरखा साविक आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई हाल चितवन कालिका नगरपालिका-२ बस्ने ४४ वर्षीय यम बहादुर बानियाँलाई घटनाको २५ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र खाल्डोमा २०५५ कात्तिक २८ गते गैंडा मारी खाग काटि चोरी लगेको वन्यजन्तु कसूर मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २०५७ माघ २५ गतेको फैसलाले १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका-१० चौबिसकोटी चोकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानूनी कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा चितवनमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…