जबरजस्ती करणी गरको अभियोगमा पक्राउ

असोज ७-भोजपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-३ दावारबे टोल बस्ने ७२ वर्षीय मान वहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गर्दा गर्भ रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्