दिल्लीबाट धनगढी आइपुगेको बसभित्र अवैध सामान फेला

असोज ६-धनगढी, भारतको दिल्लीबाट धनगढी आइपुगेको बसको एसि भित्र प्रहरीले अवैध सामान फेला पारेको छ।

शनिवार दिल्लीबाट धनगढी आइपुगेको ना ५ ख २८१६ नम्बरको बसको एसि भित्र अवैध रुपमा लुकाइछिपाइ ल्याइएका गाडीका पार्ट जस्ता देखिने सामान प्रहरीले बरामद गरेको हो। त्रिनगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा सामान फेला पारेको हो।

गाडी चालक र बसलाई नियन्त्रयमा लिएको प्रहरीले जनाएको छ। विस्तृत विवरण भने सम्पुर्ण सामान जम्मा गरिसकेपछि आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्