तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या

असोज ६-तुलसीपुर, दाङको तुलसीपुरमा खुकुरी प्रहार गरि एक महिलाको हत्या गरिएको छ । आज दिउसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछानेमाथि खुकुरी प्रहार गर्दा उनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसी जानकारी दिनुभयो । प्रहरीका अनुसार हमालले घरमा रहेको खुकुरीले रिताकै घर अगाडि घाटीमा प्रहार गरि हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्