भरूवा बन्दुकसहित एक जना पक्राउ

असोज ६-खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेका बस्ने ६१ वर्षीय भिम प्रसाद राईलाई भरूवा बन्दुक १ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्