बाँकेको बाल सुधार गृहमा झडप, एकको मृत्यु

असोज ५-बाँके, बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको बाँकेका डिएसपी तथ प्रवक्ता नारायण डाँगीले बताए । जबर्जस्ती करणी मुद्दामा उनी सुधार गृहमा राखिएका थिए । २५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् ।

बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुले बेलाबेला प्रहरी इन्जार्जलाई पिट्ने गरेको बाल सुधार गृह स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्