मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

असोज ४-वीरगञ्ज- वीरगञ्ज कलैया सडकखण्डमा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

सडकखण्डअन्तर्गत बाराको फेटा गाउँपालिका-१ भलुही चोकमा प्रदेश -०३-०१७-प ९७५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिक-२३ बैराठपुर बस्ने भगवान पटेल रहेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

बुधबार साँझ साढे ६ बजेको समयमा पटेलले आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेको उनले बताए।

शवलाई कलैया अस्पतालमा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान जारी रहेको न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्