लोक सांस्कृतिक प्रतिष्ठान नेपालको तिज विशेष कार्यक्रम सम्पन्न

असोज २-राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालले हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वुढानिलकण्ठ नगरपालिका १२ का वडाध्यक्ष शम्भु प्र.भट्टराईको प्रमुख आतिथ्यमा गत शनिबार भएको कार्यक्रममा महिला कलाकारहरुको उपस्थितिमा तीजका भाकामा प्रत्यक्ष दोहोरी गायन समेत भएको थियो ।
तीज गीत मार्फत समाजको यथार्थ चित्रण हुने तथा महिला उत्पिडनका सवालहरु वाहिरिने, जागरण गर्ने कार्य भएकाले यस पर्वमा सम्पुर्ण महिलाको सम्मानार्थ यो कार्यक्रम गरिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष शिवनारायण जोशीले जानकारी दिए । कार्यक्रममा संस्थाका महासचिव नमराज ढुङ्गाना,सर्जक तथा गायक रमेश श्रेष्ठ,कलाकार गोमा कोइराला, रवि ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्