माइतीघर मण्डलामा नागरिकताको लागि बिरोध प्रदर्शन

आज पनि माइतीघरमा नागरिकताविहीन संघर्ष समितिले बिरोध प्रदर्शन गरेको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका बिरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् । बुधवार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकता बिहीनहरुलाई नागकिरता
दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् । यस भन्दा अगाडी नागरिकताकै बिषयलाई लिएर एकजनाले आत्मदमहको प्रयास समेत गरेका छन

प्रतिक्रिया दिनुहोस्