मौलिक फिल्मस्को मौलिक तीज उत्सव भव्य सम्पन्न

असोज २-मौलिक फिल्मस् प्रा.ली. को आयोजनामा मौलिक तीज उत्सव भव्य रुपमा सफल भएको छ । खाँडादेवी फुडल्याण्ड कलंकीस्थित भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शूशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कलाकारहरुले तीजका भाकामा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । नारीहरुको पर्वमा कलाकारलाई सम्मान गरे कलाकारीता क्षेत्र अझै राम्रो,सुन्दर बन्ने मौलिक फिल्मस् प्रा.ली.का कार्यकारी निर्देशक कुमार कार्कीले जानकारी दिए ।

कार्यक्रममा संविधान सभा सदस्य लक्ष्मी गुरुङ, राष्ट्रिय संगीतकर्मी संघका कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल, संघका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्की ,गायिका सीता थापा,गायक गोविन्द गौतम, समाजसेवी केशव कँडेल,हरि पुडासैनी,कलाकार खमेश श्रेष्ठ ,कालिञ्चोक फाउन्डेसनका दिनेश खडका,गायिका लक्ष्मी मल्ल ,भावना आचार्य, संगम लामिछाने लगायत दर्जनौं कलाकारको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्