अन्तर्वार्ता समाज

बैतडीमा एक बालिका मृत फेला

बैतडीमा एक बालिका मृत फेला

भदौ ३०-बैतडी, बैतडीमा एक बालिका शनिवार मृत फेला परेकी छिन्।

जिल्लाको दशरथचन्द  नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षिया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको  अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्ता खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…