सल्यानमा ग्यास चुहावट हुँदा आमा छोरीको मृत्यु

भदौ ३०-सल्यान,  सल्यानमा खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आमाछोरीको मृत्यु भएको खबर प्राप्त भएको छ । शनिबार बिहान जिल्लाको त्रिवेणी गाउँपालिका वडा २ काँरागीठी ढालेढुङ्गा टोलमा बस्ने आमा अन्दाजी ३० बर्षिया रेवती थापा र अन्दाजी ९ वर्षीया  छोरी रितु थापाको मृत्यु  भएको वडा नम्बर २ का वडा  अध्यक्ष हस्त बहादुर राम्जाले जानकारी दिनु भयो ।

घटना स्थलमा काभ्राको प्रहरी पुगेको र आफ्नो नेतृत्वको इलाका प्रहरी कार्यालय लुहामको टोली घटना स्थल पुग्न लागेको प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिनु भयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्