अछाममा बाघको आक्रमणबाट एक बालिका घाइते

भदौ २९-अछामः  अछाममा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।

जिल्लाको रामारोसन गाउँपालिका –७ भाटाकाटियाकी १४ वर्षीया राधिका परीयार बाघको आक्रमणमा परि घाइते भएकी हुन्। उनलाई आज बिहान धारामा पानी भरीरहेको बेलामा बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

राधिकाको दाहिने हात र छातीमा चोट लागेको छ। उनको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्