जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ २८-झापा, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका-५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्