राष्ट्रिय संगितकर्मी संघको दर खाने कार्यक्रम सम्पन्न

भदौ २५- राष्ट्रिय संगितकर्मी संघ केन्द्रिय कार्यलय काठमाण्डौंको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार गोगंवुस्थित क्वालिटि क्याफेमा आयोजित कार्यक्रममा नारी कलाकारका लागि संस्थागत चेलिबेटि भेटघाट तथा दर खाने कार्यक्रम भव्य सभ्य रुपमा सम्पन्न गरेको छ ।
अभिनेत्री वसुन्धरा भुषालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष उमा श्रेष्ठले गरेकी हुन । कार्यक्रम सहसंयोजक तथा संस्थाकी सहसचिव आशा लामा ज्ञानमालाले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ केन्द्रिय कार्यलयका कार्यवाहक अध्यक्ष प्रकाश कटुवाल , निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्की, बाग्मती प्रदेश कार्यसमितीका अध्यक्ष दावाफिन्जो तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नारी कलाकारहरुको वाक्लो उपस्थितिका साथै तीज गीत गायन तथा नृत्य भएको थियो । गायिका आशा लामा ज्ञानमाला, श्रीदेवी देवकोटा , सिर्जु अधिकारी गायक सरोज लामिछाने,माधव भण्डारी लगायतले सांगितीक प्रस्तुती मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्