जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

भदौ २५-कञ्चनपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-३ बस्ने १९ वर्षीय अरबिन महता, १७ वर्षीय किशोर र १८ वर्षीय किशोर समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दोधारा चाँदनी नगरपालिका-२ स्थित खेलमैदानमा लागेको मेला हेर्न गएको समयमा उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका-४ बैतडा टोलस्थित उखु बारीमा लगि भदौ १५ गते बेलुकी र सोही नगरपालिका-१ मायापुरी सामुदायिक जंगलमा लगि भदौ १९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्