डाेटीकाे रुमायल भिरमा अटाे रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

भदौ २५-डाेटी, डोटीको बडीकेदार गाउँपालिका–१ रुमायल भिरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आज साेमवार बीपी नगरबाट खँड्यौलीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५४०६ अटो रिक्सा दुर्घटना हुँदा बडीकेदार गाउँपालिका–३ बस्ने ५८ वर्षीया कस्तुरीदेवी जेठराको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बडीकेदार–१ का उत्तम बोहरा सामान्य घाइते हुनुभएको छ । बाेहरालाई नियन्त्रणमा लिइएकाे प्रहरी चाैकी खँड्याैलीका इन्चार्ज भास्करदत्त पन्तले जानकारी दिनुभयाे ।

अटाे रिक्सा के कारणले दुर्घटना भएकाे हाे भन्ने खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । अटाे रिक्सा सडकबाट तल खसेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्