टीकापुरमा त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना

भदौ २५-टीकापुर, कैलालीको टीकापुरमा स्कुल बस दुर्घटनामा परेको छ।

टीकापुर नगरपालिका स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना भएको हो। जानकी गाउँपालिका–९ कुन्तीमा सो बस दुर्घटनामा परेको हो।

बसमा सवार १५ जना विद्यार्थी घाइते भएको प्रारम्भीक अनुमान छ। दुर्घटना स्थलमा पुगेर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्