प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

भदौ २४-काठमाडौं, प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका-४ घर भई हाल काठमाडौं सानोभर्‍याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्