स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

भदौ २३-धनुषा, जनकपुर उपमहानगरपालिका-४ राजदेवी मन्दिर नजिकबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार रूपैयाँसहित   भारत विहार राज्य घर भएका २० वर्षीय राजेश कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हबजोयरधानबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्