मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

भदौ २३-भक्तपुर, भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति सूर्य विनायक नगरपालिका–८ आदर्श  भक्तपुर फ्युल सेन्टरनजिक दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा काभ्रे बनेपाकी २५ वर्षकी नविना काफ्ले घिमिरेको ज्यान गएको हो

दुर्घटनामा नविनाका श्रीमान् किरण घिमिरे र ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर–४ घर भई भक्तपुरको नलिन्चोक बस्ने हिरा बडाल घाइते हुनुभएको छ । घाइते दुवै जनाको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ

प्रतिक्रिया दिनुहोस्