डोटीमा सेती नदीमा बगेर एक बालक बेपत्ता

भदौ २३-डोटी,  डोटीको सेती नदीमा बगेर एक जना बालक बेपत्ता  भएका छन्।

जिल्लाको शिखर नगरपालिका–११ सिमार बेडखेतका प्रकाश नेपालीका साढे २ वर्षीय छोरा रेन्जर नेपाली शुक्रवार दिउँसो बगेर बेपत्ता भएका हुन्। कपडा धुन गएकी फुपूसँग नदीमा गएका रेन्जर  शुक्रवार दिउँसो बगेर बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको र अहिलेसम्म फेला पारि नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्