मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तीमा २९६ को मृत्यु

भदौ २३-मोरक्कोमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको छ । मध्ये मोरक्कोको हाइ एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको बीबीसीले जनाएको छ ।

त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

भूकम्पका कारण कयौं घर तथा भवनहरू भत्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्