टीकापुरमा एक जना मृत अवस्थामा फेला

भदौ २२-कैलाली, कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ ज्योतीनगर स्थित सडक खण्डमा सोही ठाँउका ५६ वर्षीय चित्रबहादुर राजी शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

घटनाको बारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्