विओपी स्थापना कार्यक्रमका लागि गएका जनप्रतिनिधिलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले बाटोमै रोके

भदौ २१-दार्चुला, व्यास गाउँपालिकाको वडा १ तिंकरमा सशस्त्र प्रहरीको विओपी स्थापना कार्यक्रमका लागि गएका जनप्रतिनिधिलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले बाटोमै रोकेको छ ।

भारतीय बाटो हुदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र  विद्यार्थी नेता दिपक सिह खातीलाई भारतीय सीमा सुरक्षाबलले बाटोमै रोकेको हो ।

भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने स्थानमा तिनै जनालाई चेकजाँच गरि माथि जान नदिएको बताइएको छ ।

भारतीय सुरक्षाकर्मीले आप लोगोंको आगे जाने कि परमिशन नही हैँ भन्दै बाटोमै रोकेको टोलीमा गएका एकजानाले बताए । व्यास गाउँपालिकाको तिंकरमा शुक्रबार सशस्त्र प्रहरीको विओपी स्थापना गरिदै छ ।

उक्त कार्यक्रममा संगै रहेका सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बर वहादुर विष्टसहितको टोलीलाई भने भारतिय मोटरमार्ग हुँदै एसएसवीले तिंकरजान दिइएको छ ।

दार्चुलाको व्यास क्षेत्रमा नेपालको भुगोल भएर आवतजावत गर्ने बाटो नभएकोले भारतीय बाटोकै प्रयोग गर्नु पर्ने बाध्यता रहेकोले उक्त क्षेत्रमा जाने नेपाली स्थानीयहरूले भारतीय सुरक्षाकर्मीहरु बाट यस्ता व्यवहार बेला बेला खेप्दै आएका छन ।

नेपालीमाथि बारम्बार भारतीय पक्षले ज्यादती गर्दा पनि नेपाल सरकार भने मूकदर्शक बन्ने गरेको छ ।भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्