काठमाडौं १६ का वडाअध्यक्ष रिजालको निधन

भदौ २१-काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणका कारण निधन भएको छ।

डेंगु भएपछि निमोनिया पनि देखिँदा उनी गम्भीर बिरामी परेका थिए। धापासीस्थित ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेस सभापति समेत रहेका उनको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्