कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

भदौ २१-कञ्चनपुर, कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखापुलबाट ०.४२ मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जना बुधवार पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ को २४ वर्षीय गगनसिंह राना र पुनर्वास नगरपालिका–१० का १८ वर्षीय देबराज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

प्रतिक्रिया दिनुहोस्