अख्तियारको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर रकम असुली गर्ने दुईजना पक्राउ

भदौ १९-जनकपुरधाम, अख्तियारको कर्मचारी हौँ भन्दै धम्की दिएर व्यापारीहरूसँग रकम असुल गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

 

उपमहानगरपालिकाभित्रका ७ वटा पसलहरूमा ‘हामी अख्तियारको कर्मचारी हौँ, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौँ, तपाईँको पसल सिल गर्छौँ’ भन्दै धम्की दिएर उनीहरूले रकम असुल गरेको आरोप छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ । उनीहरूलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डिएसपी गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्