कञ्चनपुरको बेलौरीबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

भदौ १८-कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखा पुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ९५ मिलिग्रामसहित सोही नगरपालिका-४ आमबगैया बस्ने ३८ वर्षीय राम सिंह बुडाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ८४१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्