अवैध लागूऔषधसहित तीन जना पक्राउ

भदौ १६-बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित राप्तीसोनारी गाउँपालिका-४ बैजापुर बस्ने २८ वर्षीय कमबहादुर थारू र १ ग्रामसहित सोही उपमहानगरपालिका-१८ भुजई गाउँ बस्ने ४१ वर्षीय गया प्रसाद धोबीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, जगरनाथपुर गाउँपालिका-४ मथुरा चोकबाट अवैध लागूऔषध गाँजा १० केजी १ सय ९० ग्रामसहित सोही गाउँपालिका-४ कदमिया टोल बस्ने ५० वर्षीय चन्द्रिका मुखियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्