सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ

भदौ १६-रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट करिब १ केजी तौलको सुन जस्तो देखिने पहेंलो धातुसहित सोही गाउँपालिका-३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरूङ) लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्