भिरबाट लडेर एकको मृत्यु

भदौ १५-तनहुँ, तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  घिरिङ गाउँपालिका –३ ग्याजामा सोही ठाउँ बस्ने बर्ष ६८ को पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान १०ः२० बजे ग्याजा पैरेनी भिरबाट तल खसेर उहाँको घटनास्थलमै मृत्यु भएको छ । सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्