दक्षिण अफ्रिकाको एक भवनमा आगलागीमा हँदा कम्तीमा ६३ जनाको ज्यान गयो

भदौ १४ -दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ । जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा केही अग्नि नियन्त्रक पनि रहेका छन् । कैयौँ व्यक्ति अझै भवनभित्र फसेको आशङ्कामा खोजी भइरहेको छ ।

 

जोहानेसबर्ग आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे जागिरको सिलसिलामा यस्तो भयङ्कर आगलागी कहिल्यै नदेखेको बताएका छन् ।केही समय अघिसम्म सहरको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रमा रहेको भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ । आगलागीको कारण भने खुलेको छैन । घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौताविना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्