कैलाली लगायत विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

भदौ १४ -कैलाली, गोदावरी नगरपालिका-२ तेघरी डेरा गरी बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका-२ बेडपानी घर भएका २९ वर्षीय निराजन बिष्टलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८६ मिलिग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई अत्तरिया बसपार्कबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-४ नौलापुर बस्ने २७ वर्षीय प्रकाश थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका साइकलयात्री थारूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ गाउँ नम्बर १४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्रामसहित गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय पिताम्बर डाँगीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-१ बेलातिवारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका-२ कुवाडी बस्ने १९ वर्षीय शिव कामती र बिर्तामोड नगरपालिका-१ बस्ने २७ वर्षीय निश्चल लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोद र बिओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ७८७६  नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्