जबरजस्ती करणी गरेको अभियोगमा एक जना अर्का पक्राउ

भदौ १३-उदयपुर, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ जहडी बस्ने मोरङ बिराटनगर महानगरपालिका-१६ घर भएका ४२ वर्षीय दिनेश पण्डितलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई धाक धम्की डर त्रास देखाई पण्डितले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्