वडा सदस्य माझीको रुखबाट लडेर ज्यान गयो

भदौ १३-गोरखा,  गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ ।

 

आरुघाट–८ को लामाबगरमा अरिङ्गालको गोला पोल्ने क्रममा सिमलको रुखको हाँगा भाँचिएर खस्दा गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । ३६ वर्षका माझीको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्