कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

भदौ १३-कञ्चनपुर, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मंगलवार दिउँसो बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा सुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक सोही ठाउँका ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्