ट्रक दुर्घटना हुदा १७ वटा भैँसी/पाडा मरे

भदौ १२ -नवलपरासी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व को कावासोती–१६ चालीसकिलोमा ट्रक दुर्घटना हुदा १७ वटा भैँसी र पाडा मरेका छन् । आज बिहान ६ बजेर १५ मिनेटमा कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेको  जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसी र पाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्