तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

 भदौ ११-तेह्रथुम, तेह्रथुमको म्याङलुङ नगरपालिकामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा म्याङलुङ–८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  तेह्रथुमले जनाएको छ । तीव्र गतिको कारण अनियन्त्रित भई मोटरसाइक दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्