फ्लोरिडामा तीन अश्वेत व्यक्तिको गोली हानेर हत्या

भदौ १०-अमेरिका, अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन अश्वेत व्यक्तिको गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फ्लोरिडाको एक पसलमा एक मुखौटा लगाएका गोरा व्यक्तिले जातीय उत्प्रेरित आक्रमणमा तीन काला जातीका व्यक्तिहरूलाई गोली हानेका हुन् ।

 

ज्याक्सनभिलको शेरिफको कार्यालयका अनुसार २० वर्षको रहेको तर अहिलेसम्म नाम नखुलेको व्यक्तिले आक्रमण शैलीको राइफल र ह्यान्डगन लिएर डलर जनरल आउटलेटमा प्रवेश गरेका थिए ।

उनले तीन काला ग्राहक दुई पुरुष र एक महिलालाई गोली हानेर मारेको बताइएको छ । गोली चलाउने क्रममा प्रहरीसँग झडप पनि भएको थियो । प्रहरीसँगको झडपपछि उनले आफैँलाई समेत गोली हाने ।

ज्याक्सनभिल शेरिफ टीके वाटर्सले शनिबार एक पत्रकार सम्मेलनमा भने, “यो गोलीबारी जातीय उत्प्रेरित थियो र उसले काला मानिसहरूलाई घृणा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्