बाँकेमा डुबेर दुई जनाको मृत्यु

 भदौ १०-तुलसीपुर,  बाँकेमा छुट्टा छुट्टै घटनामा डुबेर दुई जनाको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर ज्यान गएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर जानकारी दिनुभएको छ । साथीसँग खोलामा नुहाउन गएका बेला बर्मा नालामा बेपत्ता हुनुभएको थियो ।

बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । त्यस्तै पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर ज्यान गएको छ । बैजनाथ गाउँपालिका–३ एलबीचोकको महेन्द्र तालमा नुहाउन गएका सार्कीको पनि डुबेर ज्यान गएको प्रहरी उपरीक्षक राठौरले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्