नेपाल नेदरल्यान्ड्ससँगको खेलमा ७ विकेटले पराजित

 

विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ७ विकेटले पराजित भएसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ ।

 

टस हारेस पहिले व्याटिङ गरेको नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टाउन सक्यो । नेदरल्याण्डका म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाउनुभयो ।
नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिनुभयो । यसअघि जिम्बावेको टाकाशिङ्गा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, कुशल भुर्तेलले २७ र करण केसीले एक रन बनाउनुभयो । आशिफ शेखले खाता पनि खोल्न सक्नुभएन । नेदरल्यान्ड्सका लोगन भान बीकले ४ विकेट लिनुभयो ।
नेपालले अमेरिकालाई हराएको थियो भने वेष्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सँग पराजित भयो । समूह ए बाट अमेरिका यसअघि नै बाहिरिसकेको छ । समूह ए बाट जिम्बावे, वेष्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्