होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला

टीकापुर, जेठ २,धनगढीको एक होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला परेको छ । धनगढी उप-महानगरपालिका वडा नं. ३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा सोमवार युवकको शव फेला परेको हो । अन्दाजी ३८/३९ वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेका थिए ।

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन् । शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

 

समाचारः हाम्रो पत्र

प्रतिक्रिया दिनुहोस्