जर्मनीको मर्सिडिज बेन्जको कारखानामा गोलीबारीहुँदा दुई जनाको मृत्यु

दक्षिण–पश्चिम जर्मनीको मर्सिडिज बेन्ज कारखानामा गोली चल्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्डेलफिङ्गेनस्थित प्लान्टको प्रोडक्सन हलमा ५३ वर्षीय एकजना व्यक्तिले प्रवेश गरी ४४ वर्षका दुईजना पुरुषलाई गोली हानेका थिए।
घाइतेमध्ये एकको घटनास्थलमै मृत्यु भएको थियो भने अर्काको अस्पतालमा मृत्यु भएको थियो । अरु कसैलाई चोटपटक लागेको छैन ।

सुरक्षाकर्मीले संदिग्धलाई व्यक्तिलाई पक्राउ गरी सकेका छन। घटना स्थानीय समय अनुसार ०७ः४५ बजे भएको थियो,मर्सिडीज बेन्जले एक विज्ञप्ति जारी गर्दै सिन्डेलफिङ्गेनमा भएको दुखद घटनाले सबै स्तब्ध र दुःखी भएका जनाएको छ, त्यस विज्ञप्तिमा परिवार र नातेदार प्रति संवेदना जनाएको छ

मर्सिडीज(बेन्जले आफ्नो एस–क्लास लक्जरी मोडेल सिन्डेल्फिन्जेन प्लान्टमा उत्पादन गर्छ, जसले करिब ३५,००० मानिसहरूलाई रोजगार दिन्छ। यस गोलीबारी बाट सर्वसाधारणमा कुनै दुर्घटना नभएको प्रहरीले जनाएको छ । जर्मनीमा युरोपका केही कडा बन्दुकसम्बन्धी कानुनहरू छन् र अधिकारीहरूले उनीहरूलाई अझ कडा बनाउने योजना बनाएका छन्।

मार्चमा ह्याम्बर्गमा यहोवाका साक्षीहरूको सभा हलमा भएको गोलीकाण्डमा एक गर्भमा रहेको बच्चासहित सात जनाको ज्यान गएको थियो। हालको कानुनले बन्दुकको इजाजतपत्र प्राप्त गर्नु अघि २५ वर्ष मुनिका जोसुकैले मनोवैज्ञानिक मूल्याङ्कन गर्न आवश्यक रहेको बताएको छ।

राष्ट्रिय बन्दुक रजिस्ट्रीका अनुसार २०२१ मा, जर्मनीमा करिब १० लाख निजी बन्दुक मालिकहरू थिए। तिनीहरूसँग ५.७ मिलियन न्दुक रजिस्ट्रड छन र तीमध्ये धेरै जस्तो शिकारीहरूको रहेको जनाइएको छ

प्रतिक्रिया दिनुहोस्