रेश्मलाल चौधरीको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

टीकापुर घटनाका मुख्य अभियूक्तका रुपमा रहेका रेश्मलाल चौधरीको मुद्दा सर्वोच्च अदालतमा जारी बहस आज टुंगिएन ।

विपक्षी वकिलहरुले गरेको बहस नटुंगिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा परेको हो । टीकापुर घटनामै संलग्न रहेको आरोपमा लक्ष्मणको मुद्दाको साधकसहित ‘हेर्दाहेर्दै’ मा राखिएको छ । बहस पछि लक्ष्मण थारुले आफनो प्रतिक्रया जनाउदै –‘आज बहस सकिएन । भोली विदा छ । अब अन्तिम फैसला नआएसम्म निरन्तर बहसमा जान्छ ।’ भने

२०७७ फागुन १२ गते कैलाली जिल्ला अदालत र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो। उक्त पुनरावेदनमा हालसम्म एकपटक मात्र सुनुवाइ भएको छ। रेशम चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।

जिल्ला र उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि रेशम चौधरी हाल जेलमा छन् तर, उनको दलले उक्त घटनालाई राजनीतिक आन्दोलनका रुपमा माफी दिनुपर्ने माग राख्दै आएको छ। यद्यपि, कानुनले उनको मुद्दा नै फिर्ता लिन नमिल्ने भएकाले विभिन्न सरकारले माफी दिने प्रयास गरी रहेकाछन तर पनि सफल भएको छैन।

अहिले पनि उक्त दलले यही अजेण्डा उठाउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्