बालेन्द्र शाहको सांसदहरुलाई ब्यङ्ग, वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु

बालेन्द्र शाहले सांसदहरुलाई वडा अध्यक्षको बराबरमा आएको संज्ञा दिएका छन,

उनले मंगलबार सामाजिक संजाल फेसबुकमा एक स्टाट्स लेख्दै यस्तो भनेका हुन, गणतन्त्र दिवसको अवसरमा र जेष्ट १५ गतेको बजेट भाषणमा सांसद विकास कोषलाई फेरी सुरु गरिएपछि बालेन्द्र शाहको यस्तो अभिव्यक्ती आएको हो । उनले सांसदहरुले विकास कोष पाउनु भनेको वडा अध्यक्षको लेबलमा आउनु बताएका छन, उनले सांसदहरुलाई ब्यङ्ग गदै अब वडा अध्यक्षकै काम गर्न मन भए सांसद किन बन्नु भनेर समेत उनले आफनो स्टाट्समा उल्लेख गरेका छन ।

बालेन्द्र शाहको स्टाट्स जस्ताको तेस्तैः

सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।

 

स्रोतः बालेन्द्र शाह फेसबुक

प्रतिक्रिया दिनुहोस्