नाबालिगको तस्बिर राखेर दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ

सामाजिक सञ्जालमा नाबालिगको सम्पादित तस्बिर राखेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर व्युरोले एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

 

व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पीडित नाबालिगले दिएको उजुरीका आधारमा अनुसन्धान गरी डोटीस्थित दिपायल सिलगढी नगरपालिका–१३ स्थायी घर भएका ३२ वर्षीय पदमबहादुर खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका खड्कालाई शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको व्युरोका प्रवक्ता रायले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार खड्काले पीडित नाबालिगको तस्बिर फेसबुकबाटै डाउनलोड गरी सम्पादन गरेर अश्लील बनाएर नक्कली प्रोफाइलमा अपलोड गर्नुका साथै पीडित नाबालिग र उनका साथीहरुलाई समेत पठाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्