राखेप उपाध्यक्ष आचार्यले राजीनामा दिए

१८ चैत- काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का उपाध्यक्ष ध्रुव आचार्यले राजीनामा दिएका छन् । बुधबार अपरान्ह साढे ४ बजे इमेलमार्फत राजीनामा पत्र मन्त्रालयमा पठाएका युवा तथा खेलकुद मन्त्रालयले बताएको छ ।


‘उहाँले कार्यव्यस्तता कारण देखाउँदै इमेलमा राजीनामा पत्र पठाउनु भएको छ, त्यो उहाँले नै पठाएको हो कि होइन भनेर पुष्टि हुन बाँकी छ, उहाँले फोन उठाइरहनु भएको छैन, मन्त्रालय स्रोतले भन्यो । आचार्यलाई तत्कालीन सरकारले २०८१ पुसमा राखेपको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

नेकपा एमाले पार्टीसँग आबद्ध आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्