एमाले संसदीय दलको नेतामा ‘बादल’ चयन

१८ चैत- काठमाडौं, नेकपा (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई दलको नेता चयन गरेको हो ।

दलको नेताका लागि युवा सांसद सुहाङ नेम्वाङले दावी पेश गरेका थिए । बादल र सुहाङबीच निर्वाचनमार्फत प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

तर अन्त्यमा सुहाङले प्रस्तावक र समर्थक नपाउँदा बादल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्